१. क्वारेन्टाइन भनेको के हो ?

ल्याटिन भाषाको ‘क्वारेन्टा जिओर्नो’ बाट अंग्रेजी शब्द ‘क्वारेन्टाइन’ आएको हो । जसको अर्थ ‘चालिस दिन’ भन्ने हुन्छ । १४ औ  शताब्दीतिर इटालीको भेनिसमा आउने जहाज तथा मानिसहरुलाई समुद्री यात्राका क्रममा प्लेगजस्ता कुनै महामारीको संक्रमण भए/नभएको जाँच गर्न ४० दिन अलग्गै राख्न्थ्यिो र मात्रै उनीहरुलाई समुदायमा प्रवेश दिइन्थ्यो । अहिले कुनैपनि सरुवा रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरि संक्रमित इलाका बाट आएका  वा संक्रमितको सम्पर्कमा रहेका, रोगको लक्ष्यण नदिखेयाका मानिसलाई अलग्गै राख्ने अवस्थालाई ‘क्वारेन्टाइन’ का नामले चिनिन्छ ।

कोरोना भाइसरको सन्दर्भमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ ।

२. सेल्फ क्वारेन्टाइन भनेको के हो ?

रोग फैलिएको देश वा स्थानबाट आएको तर संक्रमणको कुनै पनि लक्षण नभएपनि हुन सक्ने आशंकामा आफूले आफैलाई अरुबाट अलग राख्ने विधिलाई सेल्फ क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइनमा बसेका बेला रोगसँग मिल्दो जुल्दो लक्षण देखिएमा उसलाई तोकिएको अस्पतालमा उपचारका लागि लानुपर्ने हुन्छ र चिकित्सकको परामर्श लिनुपर्छ ।

३. आइसोलेसन भनेको के हो ?

आइसोलेसन भन्नाले कुनै व्यक्तिमा संक्रमण भएको वा लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा छुट्टै राखि बिरामीलाई देखिएको लक्षणको उपचार गर्नुलाई आइसोलेसन भनिन्छ ।

४. कोरोना भाइरस भनेको के हो ?

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

५. कोरोना भाइरसका लक्षणहरु ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

  • ज्वरो आउनु र खोकी लाग्नु
  • छिटोछिटो सास फेर्नु
  • श्वासप्रश्वासमा कठिनाइ हुनु
  • गम्भीर भएमा निमोनिया हुनु
  • सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
  • मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ ।

६.कसरी जोगिन सकिन्छ ??

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

  • नियमित रूपमा हात सफा गर्ने
  • खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
  • मासु र अण्डा राम्रोसँग पकाएर खाने
  • कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।